आन्द्रा क्यान्सर परिक्षण/स्क्रीनिङः कोलोनोस्कोपी गर्ने (Nepali)
अद्यावधिक गरियो 27 जनवरी 2025
Applies to England
एनएचएस आन्द्रा क्यान्सर परिक्षण/स्क्रीनिङ जाँच किट् (स्क्रीनिङ टेस्ट किट्) प्रयोग पश्चात अतिरिक्त परिक्षणहरु आवस्यक परेर कोलोनोस्कोपी (ठुलो आन्द्राको अवलोकन) गर्नेमा यस पर्चाले जानकारी प्रदान गर्दछ।
1. एनएचएसले किन कोलोनोस्कोपी प्रस्ताव गर्दछ।
पोलिप्स (मासु पलाउनु) र आन्द्रा क्यान्सरहरु कुनै लक्षणहरु बिना विकास हुन सक्ने भएकाले कोलोनोस्कोपीले तिनीहरुलाई पत्ता लगाउन सहयोग गर्दछ।
पोलिप्स भनेको ठुलो आन्द्राको अस्तर/सतहमा सानो मासु पलाउनु हो। प्राय धेरै पोलिप्सहरु हानिरहित हुन्छन्, तर केही क्यान्सरमा सम्भावित रुपमा परिवर्तन हुने बढि हुन्छन्। ठूलो आन्द्राको कुनै पनि भागमा भेट्टिएका क्यान्सरलाई आन्द्रा क्यान्सर भनिन्छ। यस भित्र कोलन (ठुलो आन्द्राको मुख्य भाग) र रेक्टम (मलाशय) पनि पर्दछ।
यदि हामीले तपाईको दिशाको नमूनामा केही मात्रामा रगत भेट्टायौ भने हामी तपाईलाई कोलोनोस्कोपी प्रस्ताव गर्दछौं। पोलिप र आन्द्रा क्यान्सरका कारण कहिलेकाहीँ रगत आउछ तर तपाईले यो सधै देख्न सक्नुहुन्न। प्राय जस्तो धेरै मानिसलाई आन्द्रा क्यान्सर हुदैनन्, तर कोलोनोस्कोपीले रगत आउनका कारण जाँच गर्न हामीलाई सहयोग गर्दछ।
यदि तपाईकोमा पोलिप्स भएमा, हामी तिनीहरुलाई सामान्यतया कोलोनोस्कोपीका समयमा हटाउन सक्छौं। यसले तपाईलाई आन्द्राको क्यान्सर हुने जोखिमबाट ठुलो मात्रामा कम गराउन सक्दछ। यदि त्यहाँ आन्द्रा क्यान्सरको संकेतहरु भेटिएमा, हामी यसको उपचार प्रस्ताव गर्न सक्षम हुन सक्छौं। आन्द्रा क्यान्सरलाई प्रारम्भिक चरणमा पत्ता लागिएमा यसको उपचार सम्भावित रुपमा बढि प्रभावकारी हुनेछ।

कोलोन (आन्द्राको मुख्य भाग) र मलाशय मिलेर ठूलो आन्द्रा बन्दछन्।
आन्द्रा तपाईको पाचन प्रणालीको भाग हो। यसले खानाबाट पोषक तत्व र पानी लिन्छ र बाँकी रहेकालाई दिसामा परिणत गर्दछ।
2. कोलोनोस्कोपी (आन्द्राको अवलोकन)
तपाईको आन्द्राहरु भित्र पोलिप्स र आन्द्रा क्यान्सहरु छन्/छैनन् भनेर गर्ने परिक्षणलाई कोलोनोस्कोपीलाई भनिन्छ। आन्द्रा क्यान्सर नभइकन अन्य कुनै आन्द्राको समस्या तपाईमा छ/छैन भनेर पनि पुष्टि गर्न यसले मद्दत गर्दछ।
कोलोनोस्कोपिस्ट भनिने विशेष प्रशिक्षित क्लिनिसियन/चिकित्सकले परिक्षण गर्नेछन्।
तिनीहरूले तपाईको मलद्वार भित्र एउटा सानो क्यामेरासहितको पातलो, लचिलो नली/ट्यूब छिराउनेछन्। यसलाई कोलोनोस्कोप भनिन्छ। तपाईले यो भित्र छिराएको महसुस गर्न सक्नुहुन्छ, तर धेरै मानिसहरूले सो गर्दा पीडादायी महसुस गर्दैनन्। कोलोनोस्कोपमा रहेका क्यामेराले तपाईको आन्द्राको भित्री भाग स्क्रिनमा देखाउँछ।

कोलोनोस्कोपिस्टले आन्द्रा भित्रका फोटोहरु (इमेज) स्क्रिनमा हेर्छन्।
कोलोनोस्कोपी गर्न सामान्यतया ३० देखि ४५ मिनेट लाग्छ। यद्यपि तपाईको सम्पूर्ण अपोइन्टमेन्टको समयअवधि लगभग २ घण्टा लाग्न सक्छ।
3. तपाईको अपोइन्टमेन्टहरु
तपाईको पहिलो अपोइन्टमेन्ट कोलोनोस्कोपी गर्ने बारे छलफल गर्न हुन्छ। यसलाई स्पेसिएलिस्ट स्क्रिनिंग प्राक्टिसनर (एसएसपि - कोलोनोस्कोपी गर्ने व्यक्तिलाई सल्लाह, जानकारी र सहायत प्रदान गर्ने विशेषज्ञ) अपोन्टमेन्ट भनेर भनिन्छ। यस विशेषज्ञले निम्न गर्नेछन्:
-
परिक्षण नतिजाहरुबारे तपाईसंग छलफल गर्ने
-
कोलोनोस्कोपी के हो भनेर व्याख्या गर्ने
-
सम्भावित जोखिम र फाइदाहरू व्याख्या गर्ने
-
तपाईको कोलोनोस्कोपी प्रक्रिया अझ बढि कस्टरहित (कम्फरटेबल) बनाउन उपलब्ध विकल्पहरुका बारे छलफल गर्ने
-
तपाईको कुनै प्रश्नहरुका उत्तर दिने
कोलोनोस्कोपी तपाईको लागि उपयुक्त छ/छैन भनेर तिनीहरुले जाचँ गर्नेछन्। तिनीहरुले तपाईमा कुनै स्वास्थ्य समस्यहरु छन्/छैनन् र औषधी लिन्छन्/लिदैनन् भनेर सोध्नेछन्। कसै मानिसहरुले कोलोनोस्कोपी गर्न सक्दैनन्। त्यस विशेषज्ञले सिटि कोलोनोग्राफी (सिटिसि) स्क्यान भनिने भर्चुअल कोलोनोस्कोपी उपयुक्त हुन सक्छ कि भनेर मूल्यांकन गर्नेछन्। यसले तपाईको आन्द्राको स्वास्थ्य्ता जाचँ गर्न एक्स-रे प्रयोग गर्दछ। सिटिसि स्क्यान लिने बारे यस वेवसाइट GOV.UK मा गइ अतिरिक्त जानकारी लिनुहोस्।
कोलोनोस्कोपीको लागि तपाई स्वस्थ्य भएमा, यो मेडिकल प्रक्रिया गर्ने/नगर्ने भनेर तपाईले निर्णय गर्न सक्नुहुन्छ। यदि तपाईले गर्ने निर्णय गर्नु भएमा, यो सामान्यतया अस्पतालमा गरिन्छ। यो तपाईको पहिलो अपोइन्टमेन्टको २ हप्ता भित्र हुन सक्छ।
तपाईसंग कुनै अतिरिक्त आवस्यकताहरु भएमा कृपया त्यस विशेषज्ञलाई बताउनुहोस्। उदाहरणका लागि, तपाईलाई केयरर् वा इन्टरप्रिटर जस्ता व्यक्तिका सहयोग तपाईको अपोन्टमेन्टमा आवस्यक पर्न सक्छ।
पुरुष वा महिला कोलोनोस्कोपिस्टले तपाईको आफ्नो मेडिकल प्रक्रिया गरेको रोजाइ बताउन सक्नुहुन्छ। हामीले तपाईको रोजाइ बमोजित बन्दोबस्त गर्ने प्रयास गर्नेछौं, तर यो सधै सम्भव भने हुदैन।

4. अतिरिक्त जानकारी तथा सहायता
कोलोनोस्कोपी गर्ने बारे सल्लाहको लागि तपाईले हाम्रो निशुल्क नम्बर ०८०० ७०७ ६० ६० मा सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाई संग श्रवण/हियरिंग वा बोलाइमा कठिनताहरु छन् भने तपाईले रिले युके सेवा प्रयोग गरिकन हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आफ्नो टेक्स्टफोनबाट पहिले १८००१ डायल गर्नुहोस् अनि त्यसपछि ०८०० ७०७ ६० ६० डायल गर्नुहोस् वारिले यूके एप प्रयोग गर्नुहोस्।
यो जानकारीसहज पठन तथा अन्य भाषाहरू लगायतका वैकल्पिक स्वरूपहरूमा पनि उपलब्ध छन्। अर्को वैकल्पिक स्वरुप अनुरोध गर्न, तपाईले ०३०० ३११ २२ ३३ मा फोन गर्न सक्नुहुन्छ वाengland.contactus@nhs.net मा इमेल गर्न सक्नुहुन्छ।
तपाईले निम्न पनि गर्न सक्नुहुन्छः
-
तपाईको जीपीसँग कुरा गर्ने
-
ठूलो आन्द्राको क्यान्सर परीक्षणबारे थप जानकारी यस वेवसाइटNHS.UK मा गएर पाउन सक्नुहुन्छ
-
यहाँएनएचएस स्क्रिनिङ कार्यक्रमहरूबारे ट्रान्सजेन्डर (परालैंगिक) र नन्-बाइनरी (आफ्नो लिंग यो भनेर छनौट नगरेका) व्यक्तिहरूका लागि जानकारी पढ्न सक्नुहुन्छ।
यदि तपाईको उमेर ७५ वर्ष वा सो भन्दा बढी भएपनि, तपाईले प्रत्येक २ वर्षमा ठूलो आन्द्राको क्यान्सर परीक्षणमा भाग लिन सक्नुहुन्छ, तर तपाईलाई स्वत निमन्त्रणा भने गरिने छैन। होम टेस्ट किट् (घरमै परिक्षण गर्ने साधान) अनुरोध गर्नको लागि तपाईले हेल्पलाइन ०८०० ७०७ ६० ६० मा सम्पर्क गर्न सक्नुहुन्छ।
तपाईलाई सहि समयमा स्क्रीनिङका लागि निमन्त्रणा पठाउन हामी तपाईको एनएचएस रेकर्डहरूबाट व्यक्तिगत जानकारी प्रयोग गर्छौं। यस जानकारीले हामीलाई स्क्रिनिङ कार्यक्रमहरू सुधार गर्न र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग गर्दछ। हामीले तपाईको जानकारीलाई कसरी प्रयोग गर्छौं र सुरक्षित राख्छौं भन्ने बारे थप जानकारी पढ्नुहोस्।
सहभागी भइरहेको स्क्रिनिङबाट अब उप्रान्त नहुने (अप्ट आउट्) बारे जानकारी पाउनुहोस्। ## तपाईको कोलोनोस्कोपी हुनु भन्दा अघि
स्पेसिएलिस्ट स्क्रीनिंग प्राक्टिसनर् (विशेषज्ञ परिक्षण प्राक्टिसनर्) संगको अपोन्टमेन्ट बेला तपाईले केहि निर्देशनहरु प्राप्त गर्नुहुनेछ। तिनीहरुले तपाईलाई कोलोनोस्कोपीको लागि तयार हुन सहयोग गर्नेछन्।
यस मेडिकल प्रक्रिया गर्नको लागि तपाईको आन्द्राहरु खाली हुनु पर्नेछन्। कृपया निर्देशनहरु ध्यानपूर्वक पालना गर्नुहोस्। तिनीहरु निम्न लगायत हुनेछन्ः
-
तपाईको कोलोनोस्कोपी अघिका दिनहरुमा तपाईले के खानु र पिउनु आवस्यक पर्दछ
-
तपाईले कहिले खानु र पिउन बन्द गर्नु पर्दछ
-
तपाईलाई लाक्साटिभ् भनिने पिउने कुरा दिने, वा सो कसरी प्राप्त गर्ने भनेर जानकारी दिने
-
लाक्साटिभ् कसरी र कहिले लिने।
तपाईको आन्द्राहरु खाली गर्नमा मद्दत गर्नका लागि लाक्साटिभले तपाईलाई प्राय जस्तो भन्दा बढि मात्रामा शौचालय प्रयोग गर्ने बनाउँछ। यो सामान्यतया तपाईले कोलोनोस्कोपी गर्ने दिन भन्दा अगाडीको दिनमा हुनेछ र कहिलेकाहिँ मेडिकल प्रक्रिया गर्ने दिनमा पनि हुनेछ।
कोलोनोस्कोपी गर्दा तपाई सामान्यतया सचेत नै हुनुहुन्छ। तपाईले निम्न लिन छनौट गर्न सक्नुहुन्छः
-
पेनकिलर (दुखाई हटाउने औषधी)
-
ग्यास र हावा
-
सिडेसन (शान्त गराउने औषधी) - यो औषधी तपाईको पाखुरामा एउटा सानो पाइप मार्फत दिइन्छ।
कुनै अस्पतालहरुले यि विकल्पहरु प्रस्ताव नगर्न सक्छन्।
5. तपाईको कोलोनोस्कोपी गर्दा
इनडोस्कोपी युनिटमा तपाईको कोलोनोस्कोपी गर्नेछ।
कोलोनोस्कोपी गर्ने दिनमा, एउटा नर्श वा विशेषज्ञले प्रक्रिया कसरी हुनेछ र सम्भावित जोखिमहरूका बारेमा व्याख्या गर्नेछन्। तपाईलाई मन्जुरी फारम (कन्सेन्ट फर्म) मा हस्ताक्षर गर्न लगाउँनेछन्। यो तपाईले जोखिमहरू बुझ्नु भएको छ र मेडिकल प्रक्रिया गर्न राजी हुनु भएको छ भनेर पुष्टि गर्नको लागि हो।
यदि तपाई सहमत हुनु भएमा, तिनीहरुले तपाईलाई अस्पतालको कपडा लगाउँनु भन्नेछन्। प्रक्रियाको लागि तपाईको आवस्यक सबै भागहरु छोपिने छन्। यस कपडाको पछाडि चिरिएको भाँग हुन्छ।
कुन पीडा कम गर्ने विकल्प (औषधी) लिनुहुन्छ भनेर तिनीहरुले तपाईलाई प्रस्ताव गर्न सक्नेछन्।
परिक्षण गर्नको लागि तपाई आफ्नो बायाँ तर्फ फर्किकन घुँडा अलिकति खुम्चाएर ओछ्यानमा सुत्नुहुनेछ।
त्यस नली तपाईको मलद्वारबाट भित्र पठाएर तपाईको ठुलो आन्द्राको माथि सम्म पुराइनेछ। नली सजिलैसँग निहुरिन्छ (झुक्छ), त्यसैले तपाईको आन्द्रा घुमेको ठाँउमा यो त्यसै गरि निहुरेर/झुकेर जान सक्छ।
कोलोनोस्कोपिस्टले बिस्तारै पानी वा ग्याँस (कार्बन डाइअक्साइड) भित्र पठाउनेछन्। यसले तपाईको आन्द्रा खुलाउन मद्दत गर्छ र तिनीहरुलाई भित्र हेर्न मद्दत गर्दछ। तपाईलाई शौचालयमा फ्याक्न जाँउ-जाँउ लाग्ने महसुस हुन सक्छ, तर त्यस बारे चिन्ता नगर्नुहोस् किनभने तपाईको आन्द्राहरु रित्तो भइसकेका हुन्छन्। तपाईलाई आफ्नो पेट अलिअलि फुल्लिएको महसुस हुनु सामान्य हो।
तपाईले आफ्नो पेट एेठन भएको (क्राम्प हुनु/काटेको) महसुस गर्नसक्नु हुन्छ। कोलोनोस्कोपी गर्दा असजिलो हुन सक्छ तर यो पीडादायी नहुनुपर्छ। यदि तपाईलाई दुखाइ महसुस भएमा, कोलोनोस्कोपिस्टलाई भन्नुहोस्। तिनीहरुले तपाईलाई अझ बढि कस्टरहित (कम्फरटेबल) बनाउँन केही फेरबदल/समायोजन गर्न सक्छन्।
तिनीहरुले तपाईको आन्द्रामा रहेको पोलिप्सलाई हटाउन सक्छन् वा तपाईको शरीरको तन्तु (टिस्स्यु) को सानो नमूना लिएर माइक्रोस्कोपमा नजिकबाट हेर्न सक्छन्। यसलाई बायोप्सी (परिक्षणको लागि तन्तु निकाल्ने) भनिन्छ। यदि यो गरिएमा तपाईले केहि पनि महसुस गर्नुहुदैन किनभने तपाईको आन्द्राहरुमा स्नायु (नर्भ) हुदैनन्।
6. तपाईको कोलोनोस्कोपी पश्चात
तपाई स्वास्थ्यलाभ (रिकभरि) को लागि बिश्राम क्षेत्रमा जानुहुनेछ। तपाई घर फर्किन तयार नहुनुजेलसम्म नर्शले तपाईलाई सुपरिवेक्षण गर्नेछन्। यदि कोलोनोस्कोपीले कुनै पोलिप्सहरु लिएमा वा बायोप्सी निकालेमा त्यसबारे तपाईलाई जानकारी दिनेछन्।
तपाईलाई निम्न आवस्यक पर्न सक्नुहुनेछः
-
तपाईलाई निन्द्रा लाग्न सक्ने भएकाले (मुख्य गरेर यदि तपाईले शान्त गराउने औषधी लिनुभएमा) तपाईलाई घर लैजाने कोही व्यक्ति
-
आराम गर्ने, त्यसैले तपाईले त्यस दिनको लागि कामबाट छुट्टी लिन चाहनु हुन्छ वा अन्य कार्यहरु गर्न चाहनुहुदैन।
कोलोनोस्कोपी गरे पश्चात तपाईलाई आफ्नो पेट फुल्लिएको महसुस गर्न सक्नुहुनेछ वा पेट एेठन/काट्न सक्दछ। यो सामान्यतया २ देखी ३ घन्टा सम्म मात्र हुन्छ।
यदि तपाईले शान्त गराउने औषधी लिनुभएमा, तपाईले निम्म गर्नु पर्छः
-
कम्तिमा पनि १२ घन्टा सम्म तपाईसंग जिम्मेवारी बहन गर्न सक्ने कसै वयस्क व्यक्ति साथमा हुनु पर्छ।
-
२४ घन्टा सम्म गाडी नचलाउने, मदिरा नपिउने वा मेसिन नचलाउने।
केही दिन सम्म तपाईको दिशामा रगत आउन सक्छ वा तपाईको मलद्वारबाट रगत निस्कन सक्छ। यि कुराहरु हुनु सामान्य हुन्। यदि यि लक्षणहरू २ दिन पश्चात पनि नहटेमा, तपाईले आफ्नो जीपीलाई सम्पर्क गर्नु पर्छ।
निम्न भएमा १११ मा वा तपाईले कोलोनोस्कोपी गर्नु भएको अस्पतालमा सम्पर्क गर्नु पर्छः
-
मलद्वारबाट धेरै मात्रामा रगत निस्किएमा
-
रगत निस्कन बन्द नभएमा वा झन खराब भएमा
-
अत्यधिक पेट दुखाइ भएमा वा दुखाइ झन खराब भएमा
-
तपाईलाई उच्च तापक्रम भएमा वा एकदमै ताँतो वा काम्ने चिँसो महसुस गर्नु भएमा
7. कोलोनोस्कोपीका सम्भाव्य जोखिमहरु
धेरै दुर्लभ अवस्थामा, कोलोनोस्कोपीले क्यान्सर वा पोलिप (मासु पलाउनु) लाई पत्ता लगाउने अवसर गुमाउन सक्छ र यदि यसो भएमा पछि त्यो पोलिप क्यान्सरमा परिणत हुन सक्छ। यदि निम्न भएमा यो हुने बढि सम्भावना हुन्छः
-
तपाईको आन्द्रा पूर्ण रुपमा खाली नभएमा
-
तपाईको आन्द्राहरु वरिपरि क्यामेरा चलाउन कठिन भएमा
यदि तपाईमा आन्द्रा क्यान्सरको लक्षणहरु छन् भने जिपीलाई भेट्नुहोस्। तपाईले हालसालै आन्द्रा क्यान्सरको परीक्षण/स्क्रीनिंग गराउनुभएमा पनि यो गर्नु जरुरी छ। ठुलो आन्द्रा क्यान्सरको लक्षणहरु बारेमा थप जानकारी यहाँ NHS.UK पढ्नुहोस्।
दुर्लभ अवस्थामा, यदि तपाईमा निम्न भएमा कोलोनोस्कोपीको समयमा जटिलताहरू हुन सक्दछः
-
शान्त गराउने औषधी प्रति प्रतिक्रिया देखाउनु भएमा
-
कोलोनोस्कोपी पश्चात धेरै मात्रामा रगत बगेमा
-
तपाईको आन्द्रामा प्वाल (सानो च्यात्ने वा दुलो हुने) भएमा
२,५०० कोलोनोस्कोपी गरेका मानिसहरु मध्ये लगभग १ जनालाई रगत चढाउनु पर्ने आवस्यकता हुन्छ।
१,७०० कोलोनोस्कोपी गरेका मानिसहरु मध्ये लगभग १ जनाको आन्द्रामा प्वाल पर्दछ। यदि तपाईलाई यसो भएमा, यसलाई रिपेयर् गर्न शल्यक्रिया (सर्जरी) आवस्यक पर्न सक्दछ। यो प्वालको आकार र स्थिति अनुसार भर पर्दछ। कसैलाई कुनै शल्यक्रिया आवस्यक पर्दैनन्।
एकदमै दुर्लभ अवस्थामा, कोलोनोस्कोपी पश्चात भएको जटिलताहरुका कारणले मृत्यु हुन्छ। कोलोनोस्कोपिस्टहरु उच्च रुपमा प्रशिक्षित/तालिमप्राप्त हुन्छन् र यो हुन धेरै असम्भाव्य छ।
यो तथ्यांक सामान्य जनसंख्याका लागि मार्गदर्शक मात्र हुन्। विशेषज्ञ परिक्षण प्राक्टिसनरले व्यक्तिगत जोखिम बारे तपाईलाई सल्लाह दिनेछन्। यो तपाईको उमेर र स्वास्थ्यमा आधारित हुनेछ।
8. कोलोनोस्कोपी नतिजाहरु
तपाईले तपाईको नजिताहरु त्यही दिनमा प्राप्त गर्न सक्नुहुन्छ, वा यो प्राप्त गर्न केहि हप्ता लाग्न सक्दछ। हामी तपाईको जिपीलाई पनि नतिजाको प्रतिलिपि पठाउनेछौं।
यसको ४ वटा परिणामहरू आउँछन्ः
-
साधारण/नर्मल नतिजाहरु
-
पोलिप्सहरु पत्ता लाग्यो – अतिरिक्त निगरानी आवस्य पर्दैन
-
पोलिप्सहरु पत्ता लाग्यो – अतिरिक्त निगरानी आवस्य पर्दछ
-
आन्द्रा क्यान्सर।
कहिलेकाहीँ हामीले आन्द्राको अन्य समस्याहरु पत्ता लगाउँछौं। एउटै कोलोनोस्कोपी गर्ने बेलामा पोलिप्सहरु वा आन्द्रा क्यान्सर र आन्द्राको अन्य समस्याहरु पत्ता लगाउँन सम्भव छन्।
8.1 साधारण/नर्मल नतिजाहरु
१०० मध्ये लगभग ११ जनामा यो परिणाम निस्कन्छ।
यसको मतलबः
-
हामीले कुनै पनि पोलिप्सहरु पत्ता लगाएनौं, र
-
आन्द्राको अन्य समस्याहरुका कुनै संकेत थिएनन्।
यदि तपाई ७५ वर्षभन्दा कम उमेको हुनु भएमा हामी तपाईलाई आन्द्रा क्यान्सर परिक्षणको लागि आउदो २ वर्षमा प्रस्ताव गर्नेछौं।
8.2 पोलिप्सहरु पत्ता लाग्यो – अतिरिक्त निगरानी आवस्य पर्दैन
१०० मध्ये लगभग ५० जना (आधा) मा यो परिणाम निस्कन्छ।
यसको मतलबः
-
तपाईको कोलोनोस्कोपी प्रक्रियाको बेलामा हामी पोलिप्सहरु निकाल्नेछौं, वा
-
परिक्षणको लागि हामी तपाईको आन्द्राहरुबाट कोष/सेलहरु (बायोप्सी) का नमूना निकाल्नेछौं।
तपाईको नमूनाको परिक्षण पश्चात तपाईलाई अतिरिक्त उपचार वा कोलोनोस्कपीहरुका चेक-अप आवस्यकता पर्नुहुन्न।
यदि तपाई ७५ वर्षभन्दा कम उमेको हुनु भएमा हामी तपाईलाई आन्द्रा क्यान्सर परिक्षणको लागि आउदो २ वर्षमा प्रस्ताव गर्नेछौं।
8.3 पोलिप्सहरु पत्ता लाग्यो – अतिरिक्त निगरानी आवस्य पर्दछ
१०० मध्ये लगभग ११ जनामा यो परिणाम निस्कन्छ।
यसको मतलब हामीले एक उच्च-जोखिम प्रकारका पोलिप्स पत्ता लगायौं। तिनीहरु आन्द्रा क्यान्सरमा परिणत हुने सम्भावना बढी छन्।
कहिलेकाहिँ पोलिप्सहरुलाई कोलोनोस्कोपीको समयमा हटाउन धेरै कठिन हुन सक्छन्। यदि यसो भएमा, तपाईलाई अर्को विशेषज्ञ कोलोनोस्कोपी वा शल्यक्रिया (सर्जरी) को आवस्यक पर्न सक्दछ।
त्यस पछि हामी तपाईलाई बढि नियमित कोलोनोस्कोपीहरु भविष्यमा प्रस्ताव गर्नेछौं। यो तपाईको आन्द्राको स्वास्थ्य जाँच गर्न र तपाईमा कुनै नयाँ पोलिप्सहरु आएका छन्/छैनन् भनेर हेर्न हुन्।
8.4 आन्द्राको क्यान्सर
१०० मध्ये ७ देखी १० जनामा यो परिणाम निस्कन्छ।
यदि हामीले आन्द्रा क्यान्सर पत्ता लगायौं भने तपाईले क्यान्सर विशेषज्ञलाई भेटघाट गर्नुभएर उनी संग उपचारका विकल्पहरु र सहायता बारे छलफल गर्नु हुनेछ।
आन्द्रा क्यान्सरको प्रारम्भिक चरणमा रहेका प्राय जस्तो मानिसहरु (१० मध्ये लगभग ९ जना) का सफलतापूर्वक उपचार हुन्छन्।
यदि तपाईमा एड्भान्स (बढि सकेको) आन्द्रा क्यान्सर भएमा त्यसको उपचार गर्न गार्हो हुन सक्नेछ र निको पार्न सम्भव नहुन सक्छ।
8.5 आन्द्राको अन्य समस्याहरु
कहिलेकाहिँ हामीले कुनै पनि पोलिप्सहरु वा आन्द्राको क्यान्सर पत्ता लगाउदैनौं, तर हामीले आन्द्राको अन्य समस्याहरु पत्ता लगाउँछौं, जस्तैः
-
diverticular disease or diverticulitis (ठुलो आन्द्रामा परेको असरले पेट दुखाइ हुनु)
-
ulcerative colitis (तपाईको ठुलो आन्द्रा र मलद्वार लगायत पाचन प्रणालीको तल्लो भाग सुन्निनु).
१०० मध्ये लगभग १८ जनामा यो परिणाम निस्कन्छ।
यि समस्याहरुका बारेमा तपाईले अतिरिक्त जानकारी यस वेवसाइट NHS.UK मा प्राप्त गर्न सक्नुहुन्छ। यदि हामीले आन्द्राको अन्य समस्याहरुका संकेत पत्ता लगायौं भने यस बारे तपाईको जिपीले तपाईलाई व्याख्या गर्नेछन् र अब के गर्ने भनेर भन्नेछन्। आन्द्रा क्यान्सर स्क्रीनिंग प्रोग्राम अन्तर्गत नभइकन तपाईलाई उपचार वा निगरानी आवस्यक पर्न सक्छ।